बैशाख ३१, काठमाडौँ। साताको पहिलो कारोबार दिन आज आइतबार सेयर बजार परिसूचक नेप्से १६.९६ अंकले गिरावट भएर १८२१.६४ अंकमा बन्द भएको छ ।
आज नेप्सेमा लगानी बाहेकका सबै उपसूचकमा गिरावट आएको छ।
आज नेप्सेमा गिरावट आएपनि कारोबार रकम भने अन्तिम कारोबार दिनको भन्दा केही बढेर ९० करोड नाघेको छ । गत बिहीबार करिब ५८ करोडमा खुम्चिएको कारोबार रकम आज ९० करोड नाघेको छ।
- न्युज बहार संवाददाता