Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बालबालिकाहरुलाई कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाइने

  •   ३ वर्ष अघि | १६ कार्तिक २०८०, बिहिबार

कार्तिक १७, काठमाडौँ । कात्तिक १७ र १८ गते सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

सरकारले प्रत्येक वर्ष सञ्चालन गर्दै आइरहेको कार्यक्रम यस वर्ष दशैं परेका कारण केहि पछी सारिएको हो ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले यो कार्यक्रम कात्तिक १७ र १८ गते तय गरिएको जनाएको छ ।

दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने र १ देखि ५ वर्षसम्मका २९ लाख भन्दा बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने महाशाखा प्रमुख डा. विवेक कर्ण लालले बताएका छन ।

बालबालिकाहरुलाई आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिन्छ ।

  • न्युज बहार संवाददाता

थप