Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज नेवार समुदायमा यःमरी पुन्हि मनाइँदै

  •   ३ वर्ष अघि | १० पुस २०८०, मङ्लबार

पुस १०, काठमाडौँ । आज मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन नेवार समुदायले नयाँ धान भित्र्याएको खुसीयालीमा यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन्।

नेपाल भाषामा यःको अर्थ मनपर्नेमरीभनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो । युगौँदेखि यसरी धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन जारी रहेको छ । यःमरी पुन्हि नेवार समुदायले ठूलो चाडका रूपमा मनाउने गर्छन्। यस पर्वलाई खाद्य पदार्थको रसिलो चाडका रुपमा पनि लिइन्छ । यस दिन साथै धान कुटेर चामलको पिठो बनाइ चामलको पिठोमा खुवा, चाकु र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ।

आज बिहानदेखि घरघरका महिला यःमरी बनाउन व्यस्त भएका छन्। आज बिहानै उठेर स्नान गरिसकेपछी घरमा लिपपोत गरी यःमरी पकाउने प्रचलन रहेको छ। संस्कृतिविद् तेजेश्वरबाबु ग्वँगका अनुसार यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रूपमा समेत मनाउने गरेका छन ।

यसदिन धान, कूलदेवता, गणेश, गोठदेवता, गैडुदेवता, महालक्ष्मी, महारुद्रलगायत देवताको पनि पूजा गर्ने र नयाँ भित्रिएको धान कुटेर चामल बनाइ त्यसबाट पिठो पिँधेर बाबर, सेल, पुरी मालपुवा बनाएर चढाउने परम्परा रहेको छ

  • न्युज बहार संवाददाता

थप