कात्तिक ८, काठमाडौँ । आज एकादशीका दिन पनि दशैँको टीका र जमरा लगाउने क्रम जारी रहेको छ । कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम जारी रहने गरेको छ ।
आश्विन शुक्ल प्रतिपदादेखि नेपालीले आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैँ पर्व भव्यरूपमा मनाउने गरेका छन ।
विजया दशमीको दिन नजिकका परिवारका सदस्य र मान्यजनहरुबाट टीका जमरा लगाएर आशिर्वाद ग्रहण गरेपछी टाढा भएका आफन्तजनहरुसम्म पुग्न नपाएकाहरुले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने प्रचलन रहेको छ ।
- न्युज बहार संवाददाता