भदौं १४,
काठमाडौँ । सबैभन्दा बढी डेंगु सङ्क्रमित तनहुँ र कास्की जिल्लामा देखिएका छन् । २७
अगस्ट सम्ममा देशभर ५ हजार ५८९ जना सङ्क्रमित भेटीएका छन भने सबैभन्दा
धेरै तनहुँमा १ हजार ६७ जना र कास्कीका ५३६ जनामा डेंगु सङ्क्रमित भटिएका हुन् ।
२३
अगस्टसम्म देशभर ५ हजार ११९ जनामा डेंगु सङ्क्रमण भएको देखिएको थियो । २७ अगस्ट सम्ममा ४७० जना थपिएर ५
हजार ५८९ जना सङ्क्रमित भएका हुन् ।
यो
तथ्याङ्क माघयताको रहेको र देशभर ७७ मध्ये हुम्ला र मुस्ताङबाहेक ७५ जिल्लामा
डेंगु सङ्क्रमण फैलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको
छ ।
- न्युज बहार संवाददाता