Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

तौल बृद्धी हुनु वा तौल बढ्नु बारे केही भर्महरु

  •   २ वर्ष अघि | ७ असोज २०८१, सोमवार

असोज ७, काठमाडौँ ।  कहिलेकाँही हामीहरुले आधा अधुरो कुरा थहा पाएर त्यसैलाई आत्मसाथ गर्दा हामीले चाहेको भन्दा फरक बाटोमा हिडिरहेको हुन्छौँ । यस्तै एउटा हेर्दा जटि तर बुझ्दा सामान्य लाग्ने विषय हो तौल बृद्धी वा तौल घट्नु । अहिलेको रहनसहनका कारण प्राय सबै मोटोपनको सिकार हुने गरेका छन । शरिरमा बढेको अनावश्यक तौम कसरी घटाउने भन्ने विषयमा हामी धेरै चिन्तित पनि छौँ ।  तौल घटाउनु कत्तिको चुनौतीपूर्ण हुन सक्छ भनेर सबैलाई थाहा भएकै कुरा हो । हामी सबै चाँडै तौल घटाउन चाहन्छौँ। तर हामीले तौल किन बढेको छ अथवा तौल बढेको कारण के हो भनेर त्यस विषयमा सोच्ने गरेका छौँ ?

यदि एउटा स्वस्थ मान्छेमा उसको उमेर र उचाई अनुसार औसत चाहिने भन्दा तौल बढी छ भने त्यसलाई मोटोपन अथवा तौल बढी भएको मानिन्छ । यसरी सामान्य हेर्दा यदि कसैको तौल निरन्तर तर असामान्य तरिकाले बढिरहेको छ भने त्यस अवस्थामा हामीले चिकित्सकहरुसँग सल्लाह गर्नु पर्ने हुन्छ । शरिरमा के कारण वा के को कमीले निरन्तर तौल  बढेरेको छ त्यो चेकजाँच पछी मात्र थाहा हुने कुराहरु हुन ।

तर हामी तौल बृद्धी हुन थालेपछी आफैँमा तौल बढ्नु बारे केही भर्महरु पालेर त्यसलाई आत्मसाथ गर्न थाल्छौ र यसले हाम्रो शरिरलाई असर गरिरहेको हुन्छ । के छन त तौल बढ्नुसँग सम्बन्धीत भ्रमहरु आउनुहोस  यस बारे चर्चा गरौँ ।

कार्बोहाइड्रेटहरू शत्रु हुन्: तौल बढ्नुको मुख्य कारण धेरैले विश्वास गर्छन् कार्बोहाइड्रेट हो । कार्बोहाइड्रेट खाँदा स्वचालित रूपमा वजन बढ्ने गर्छ र कार्बोहाइड्रेट जन्य खाना खान छोड्दा तौल घट्छ तर यो भ्रम हो । वास्तवमा, सबै कार्बोहाइड्रेटको पनि प्रकार हुन्छ जसले वजन बढाउन मात्र नभइ शरिरलाई आवश्यक अन्य स्वस्थ आहारको माग पुरा गर्न सक्छ ।

राति ढिलो खानाले तौल बढ्छ: त्यस्तै तौल बढ्नु बारे अर्को भ्रम हो राति ढिलो खाना खानु । तौल बढ्नु भनेको दिन वा रातको समयमा भन्ने हुँदैन तौल भनेको समग्र क्यालोरीको मात्रा हो। यदि तपाईले आफ्नो शरिरलाई आवश्यक रहेको मात्रा भन्दा बढी मात्रमा क्यालोरी खानु भएको छ र त्यो क्यालोरीलाई हरुको शरिरले प्रयोग नगरी स्टोर गरेर राख्छ भने त्यो तौल बृद्धीको कारण हुन सक्छ । अबेर राती शरिरलाई चाहिने भन्दा बढी खाना खाने र त्यसलाई प्रयोग नगरी गएरसुत्ने हो भने त्यसले तौल बढाउँछ ।

खाना छाड्नुले तौल घटाउन मद्दत गर्छ: तौल बढ्नु बारेमा प्राय सबै सुनिने कुरा हो खाना खान छोड तौल आफैँ घट्छ तर के खान छोड्दा तौल मातर घट्छ त ? हाम्रो शरिरलाई चाहिने अन्य पोषक तत्व पनि घट्छ र हाम्रो शरिरमा विभिन्न खालको समस्या देखिन थाल्छ ।

तपाईं बोसो घटाउन स्पट गर्न सक्नुहुन्छ: धेरैले विश्वास गर्छन् कि उनीहरूले ती आफ्नो शरिरिको मोटो भएको वा नसुहाँउदो देखिएको भागको मांसपेशिहरुको व्यायाम गरेर त्यस क्षेत्रको बोसो घटाउँछु तर यो भ्रम मात्र हो किनकी फ्याट शरिरको सम्पूर्ण क्षेत्रहरूमा हुन्छ कुनै एउटा भागमा मात्र हैन ।

तौल बढ्नु सधैं खराब छनोटहरूको कारणले हुन्छ: हामीले अर्को के सोच्छौँ भने तौल बढ्नुमा हामीले खाएको खाना र हाम्रो दैनिकीको महत्वपुर्ण भुमिका हुन्छ तर यो सधैँ ठिक नहुन सक्छ किनकी कहिलेकाही आहार र व्यायाम मात्र नभई वशांणुगत कारण, हार्मोनल परिवर्तनहरूको कारण  र हामीले दैनिक सेवन गरिरहेको औषधिहरू लगायत विभिन्न कारकहरूबाट पनि वजन बढ्न सक्छ।

  • न्युज बहार संवाददाता

थप