Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अबको १० दिनभित्र मेलम्ची खानेपानी आयोजनाको मर्मतको कार्य सम्पन्न हुने

  •   ३ वर्ष अघि | १९ पुस २०८०, बिहिबार

पुस १९, काठमाडौँ । अहिले मेलम्ची खानेपानी आयोजनाको मर्मतको कार्य अन्तिम चरणमा पुगेको छ। सो आयोजनाको मुहान क्षेत्रलाई विसं २०७८ असारमा आएको विनासकारी बाढीले तहसनहसनै बनाएको थियो। अहिले बाढीले क्षति पुर्‍याएका संरचनामा पुनः पानी पथान्तरणका लागि काम भइरहेको छ।

आयोजनाको मुहान क्षेत्रको मर्मतको काम ७० प्रतिशत सम्पन्न भएको छ। यसैबीच बुधबार हेलम्बु–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा भइरहेको कामका बारेमा  प्रतिनिधिमण्डलले स्थलगत अवलोकन  समेत गरेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिएका छन ।

सिनियर डिभिजनल इन्जिनियर  कुँवरका अनुसार अबका बाँकी काम केही कठिन रहेको तर जस्तोसुकै परिस्थिति आए पनि अबको १० दिनभित्र सबै काम सम्पन्न हुने छ। 

सरकारको लक्ष्यअनुसार नै पानी पथान्तरणका लागि तीव्र गतिमा काम भइरहेको उनले बताएका छन । 

  • न्युज बहार संवाददाता

थप