वैशाख १६, विराटनगर । मोरङ जिल्लामा औषधि उद्योग खुल्ने भएको छ । मोरङको बुढीगंगा–२ मा एक अर्ब लगानीमा औषधि उद्योग भएको हो । एलेक्सा लाइफ साइन्स प्रालिले औषधि उद्योग खोल्न लागेको हो भने यो औषधि उद्योग अन्तराष्ट्रिय स्तरको गुणस्तरीय हुने जनाइएको छ ।
एलेक्सा लाइफ साइन्स प्रालिका अध्यक्ष दिनेशकुमार स्वर्णकारका अनुसार हालसम्म उद्योगमा ७५ करोड रुपैयाँ लगानी भइसकेको छ । यसमा थप २५ करोड रुपैयाँ लगानी हुने र उद्योगको निर्माण सकिने जनाइएको छ ।
यस औषधि उद्योगको लक्ष्य अनुसार पहिलो चरणमा अत्यावश्यक मानिने स्लाइन पानी, दोस्रो चरणमा एसभीपी सिसाको एक एमएलदेखि २० एमएलसम्मका इन्जेक्सन त्यसैगरी तेस्रो चरणमा आँखा र कानको ड्रप (औषधि) उत्पादन गरिने छ ।
- न्युज बहार संवाददाता