Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज देशभर स्वास्थ संस्थामा आकस्मिक बाहेकका अन्य सेवा बन्द

  •   १ वर्ष अघि | २३ असार २०८२, सोमवार

असार २३, काठमाडौँ । नेपाल चिकित्सक संघले आज देशभर विभिन्न स्वास्थ संस्थामा आकस्मिक बाहेकका सेवा रोकेको छ।

नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले हस्तक्षेप गरेको भन्दै  आज स्वास्थ संस्थामा आकस्मिक बाहेकका सेवा रोकेएको हो।

देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू असार १७ गतेदेखि कालोपट्टी बाँधेर यसको विरोध गरिरहेका थिए। कानुन संशोधनमार्फत चिकित्सकीय मुद्दा हेर्ने अधिकार मेडिकल काउन्सिलमा मात्रै सीमित गरिनुपर्ने माग संघले  गरिरहेको छ भने यसका लागि आवश्यक परे थप कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनीसमेत दिएको छ। 

  • न्युज बहार संवाददाता

थप