माघ १६, काठमाडौँ
। आज देशभर देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न
कार्यक्रमका साथ शहीद दिवस मनाइँदैछ ।
आज प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित
जनताका पक्षमा इतिहासको विभिन्न कालखण्डमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर
सपुतहरूको सम्मानमा विविध कार्यक्रमका साथ देशभर शहीद दिवस मनाइने गरिन्छ । यस
वर्ष पनि यही माघ १० देखि १६ गतेसम्म गत वर्षहरूमा जस्तै शहीदरूको योगदानको चर्चा
गर्दै सप्ताहव्यापीरूपमा दिवस मनाउने कार्यक्रम जारी रहेको छ ।
विसं
१९९७ मा प्रजातन्त्र, नागरिक
अधिकार र स्वतन्त्रताको माग गर्दा माघ १३ गते शहीद धर्मभक्त माथेमालाई काठमाडौँको सिफलमा,
माघ १५ गते गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई शोभाभगवतीमा र शुक्रराज शास्त्रीलाई
माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा तत्कालीन राणा शासकले
मृत्युदण्ड दिएका थिए ।
आज बिहान शहीद
दिवसका अवसरमा शान्तिवाटिका रत्नपार्कदेखि शहिद स्मारक लैनचौरसम्म प्रभातफेरी
कार्यक्रम आयोजना गरिने काठमाडौँ महानगरपालिकाले जनाइएको छ ।
महानगरका अनुसार प्रधानमन्त्री, मन्त्रिगण, नेपाल
सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको
प्रभातफेरी शहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण
गर्ने कार्यक्रम रहेको छ।
- न्युज बहार संवाददाता