Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पौष्टिक तत्वले भरिपुर्ण स्याउ खानुको फाइदा जानि राखौँ

  •   ३ वर्ष अघि | २२ पुस २०८०, आइतवार

पुस २२, काठमाडौँ । के तपाईलाई थाहा छ दैनिक एउटा स्याउ खाँदा हाम्रो शरिरमा के कस्ता फाइदाहरु हुन्छन ? अग्रेंजिमा एउटा भनाइ त हामी सबैले सुनेका नै छौँ ‘वान एप्पल अ डे किप डक्टर अवए’ यसको मतलब हामी एक दिनमा एउटा स्याउ खाने गर्छौ भने यसले हामीलाई डाक्टर अर्थात रोगबाट टाढा राक्न मद्दत गर्छ ।

हामिलाई थाहा नहुन सक्छ दैनिक स्याउ खानाले यसमा भएका पौष्टिक तत्वका कारण धैरै स्वास्थ्य लाभ हुन्छ । हामीले आफ्नो दैनिक खानामा स्याउ समावेश गर्नाले हामीलाई हुने फाइदाहरु बारे आउनुस एकछिन चर्चा गरौँ।

पोषक तत्वले भरिपुर्ण : स्याउ हामीलाई आवश्यक पर्ने पोषक तत्वहरुको राम्रो स्रोत हो। यसमा डाइटरी फाइबर, भिटानिब सी, पोटासियम र विभिन्न एन्टिअक्सिडेन्टहरु पाइन्छ जसले समग्र स्वास्थ्यमा राम्रो फाइदा पुर्याउँछन ।

आहार फाइबर : स्याउमा घुलनशिल फाइबर धेरै हुन्छ, जसले रगतमा चिनिको मात्रा नियन्त्रण गर्न र पाचन सुधार गर्न मद्दत गदर्छ । फाइबर तत्वले हामीलाई पुर्ण भएको महसुस गराउँछ जसले गर्दा हामीले धेरै खाने बानी कम हुन गइ तौल वयवस्थानमा पनि सहयोग मिल्दछ ।

स्वस्थ हृद्य : स्याउमा हुने घुनशिल पेक्टिन फाइबरले विशेष गरी कोलेस्ट्रोल स्तर कम गर्न मद्दत गर्छ भने स्याउमा हुने एन्टिअक्सिडेन्टहरुले हृदय रोगको जोखिम कम गदर्छ ।

रक्त शर्करा नियमन : स्याउमा भरपुर मात्रामा पाइने फाइबरले गतमा चिनिको स्तरलाई स्थिर बनाउन सहयोग गर्ने हुनाले मधुमेह भएका व्यक्तिहरुको रगतमा चिनि व्यवस्थान गर्न यो फल राम्रो विकल्पको रुपमा लिन सकिन्छ ।

हाइड्रेशन : स्याउमा पानिको मात्रा उच्च हुन्छ जसले गर्दा शरिरको हाइड्रेशनमा योगदान पुर्याउँछ । राम्रोसँग हाइड्रेट रहनु विभिन्न शारीरिक कार्यहरुको लागि महत्वपुर्ण हुन्छ।

तौल व्यवस्थापन : स्याउमा क्यालोरी कम हुन्छ र फाइबरको मात्रा धेरै हुने हुनाले यो खाँदा पटे भरिएको र अघाएको महसुस हुन्छ । अघाएको महशुस भएपछी हामी अन्य खानेकुरा कम खान्छौँ र समग्र क्यालोरी खपत घट्न जान्छ जसले तौल व्यवस्थापनमा मद्दत मिल्छ ।

पाचन प्रकृया स्वस्थ : स्याउमा पाइने फाइबरले नियमित आन्द्रा चलाउन सहयोग गर्छ र कब्जियतबाट बच्न पनि मद्दत गदर्छ ।  

  • सृजना प्याकुरेल

थप