Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भूकम्पबाट प्रभावित क्षेत्रका बासिन्दाहरुमा देखिन थाल्यो स्वास्थ्य समस्या

  •   ३ वर्ष अघि | २५ कार्तिक २०८०, शनिबार

कार्तिक २५, कर्णाली । भूकम्पबाट प्रभावित क्षेत्रका बासिन्दाहरुमा स्वास्थ्य समस्या देखिन थालेको छ ।

अत्यधिक जाडोमा खुला चौर माथि त्रिपाल र कम्बलको भरमा रात कटाउनु पर्दा स्वास्थ्यमा समस्या देखिन सुरु भएको हो ।

बिहीबार र शुक्रबार अत्यधिकरुपमा बढेको जाडोका कारण दुईजनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा नलगाड नगरपालिका–४ लहँका ८४ वर्षीय गोपालबहादुर रावल र सोही वडाकै ४८ वर्षीया महिला पम्फा रावल रहेका छन् ।

गोपालको दम रोगका कारण र पम्फाको निमोनियाका कारण मृत्यु भएको वडाध्यक्ष बद्री पन्तले जनाएका हुन ।

वडाध्यक्ष उनका अनुसार भूकम्प गएको एक/दुई दिनदेखि नै ज्येष्ठ नागरिक र बालबालिकामा निमोनिया र दमको लक्षण देखिन थालिसकेको थियो ।

भूकम्पले घर भत्काउँदा नियमित औषधि सेवनकर्ताको औषधि पुरिएपछि उनीहरुले औषधि खानबाट वञ्चित भएका थिए जसले गर्दा उनीहरुमा चिसोले असर पार्दै आएको छ ।

  • न्युज बहार संवाददाता

थप