Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भोली शनिबार काठमाडौँको यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने

  •   ३ वर्ष अघि | २९ मंसिर २०८०, शुक्रबार

मंसिर २९, काठमाडौँ । शनिबार बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुन लागेको प्राधिकरणले जनाएको छ ।

उक्त सबस्टेसनबाट विद्युत् सेवा आपूर्ति हुने भिमसेनस्थान, स्वास्थ्य सेवा विभाग परिसर, रामघाट, ढोकाटोल, मरुहिटी, ढल्को, क्षेत्रपाटी चोक, ब्रम्हटोल, जैसीदेवल चोकसम्म विद्युत् आपूर्ति बन्द हुने जनाइएको छ ।

त्यस्तै चिकुमङ्गल, ज्याबहाल, ओमबहाल, झोसे, लगन, भोटेबहाल, भोटाहिटी, यङ्गाल, महाबौध्द, असन, ईन्द्रचोक, बाङ्गेमुढा, सेन्ट्रल जेल, सुन्धारा, न्युरोड, रङ्गशाला अगाडि, रविभवन, बसन्तपुर दरबार स्क्वायर, सुनारगाउँ, सोल्टीमोड, नख्खु चोक, आर्मी हस्पिटल, मलपोखरी, धोबिधारा, धोबिघाट, बागडोललगायतका क्षेत्रमा विद्युत् कटौती हुनेछ ।

आज एक सूचनामार्फत प्राधिकरणले शनिबार बिहान नौ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जानकारी दिँदै त्यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ । 

  • न्युज बहार संवाददाता

थप