कात्तिक २५, काठमाडौँ । चिसो बढ्न थालेपछी घट्दो तापक्रमसँगै डेङ्गु सङ्क्रमण पनि घट्दै गएको छ । तथ्याङ्कले डेङ्गु सङ्क्रमणको ट्रेन्ड घट्दै गएको जानकारी स्वास्थ्य सेवा विभाग अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का किटजन्य रोग नियन्त्रण शाखाले दिएको छ ।
शाखाका
अनुसार डेङ्गु नियन्त्रणका लागि पालिकादेखि खोज र नष्ट अभियान सञ्चालन भएका छन् । यसका
साथै तापक्रम घट्नु पनि यसको मुख्य कारण रहेको छ ।
प्राकृतिक
रुपमै चिसोमा लामखुट्टेले अण्डा उत्पादन गर्ने प्रक्रिया कम हुन्छ ।
त्यसैले तथ्याङ्कले
डेङ्गु सङ्क्रमणको घटेको देखाएको हो ।
- न्युज बहार संवाददाता