Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

वीरगञ्जमा हैजाले प्रकोपको रुप लिदैँ

  •   १ वर्ष अघि | ८ भदौ २०८२, आइतवार

भदौ ८ काठमाडौँ । वीरगञ्जमा हैजाले नयाँ प्रकोपको रुप लिएको छ । शुकबार देखि आज सम्म वीरगञ्जमा ४४ जनामा हैजा पुष्टी भइसकेको छ । विभिन्न अस्पतालमा उपचाररत १२९ जना बिरामीमध्ये ४४ जनामा हैजा संक्रमण पुष्टि भएको हो ।

यही क्रममा झाडापखलाको लक्षण देखा परेर उपचार गराउन आएका दुई व्यक्तिको मृत्युसमेत भइसकेको छ । मृत्यु भएका उनिहरुमा हैजाको संक्रमण भने पुष्टि नभएको अस्पताल स्रोतले जनाएको छ । विज्ञहरूका अनुसार खानेपानी पाइपमा ढलको दूषित पानी मिसिँदा हैजा फैलिएको आशंका छ ।

अहिले हैजा प्रभावित विभिन्न ११ स्थानका पानीका नमुना संकलन गरी परीक्षणका लागि काठमाडौँको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशाला पठाइएको छ भने त्यसको रिपोर्ट आज आउने  प्रयोगशालाले जनाएको छ ।

जनस्वास्थ्य कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका-११, १२, १३ र १६ मा हैजाको प्रकोप फैलिँदा वीरगञ्जका अस्पतालहरूमा बिरामीको चाप बढिरहेको छ भने पछिल्लो १० वर्षयता पहिलो पटक वीरगञ्जमा हैजाको प्रकोप देखिएको हो ।

  • न्युज बहार संवाददाता

थप