Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज र भोली देशभरका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

  •   १ वर्ष अघि | ६ बैशाख २०८२, शनिबार

बैशाख ६, काठमाडौँ । देशभरका २२ लाख बालबालिकालाई आज (शनिबार) र भोलि (आइतबार) भिटामिन र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत भिटामिन र जुकाको औषधि खुवाउँन लागेको हो ।

जनसंख्या मन्त्रालयका अनुसार बाल्यावस्थामा पोषणको अवस्था राम्रो भएन भने दीर्घकालीन असरहरू देखा पर्ने भएकाले भिटामिन र जुकाको औषधि खुवाइने गरिएको हो । 

यस पटक राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन क्याप्सुल खुवाउन लागेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

बालबालिकालाई भिटामिन र जुकाको औषधि प्रत्येक वर्ष कात्तिक र वैशाखमा निःशुल्क खुवाउने व्यवस्था सरकारले गर्दै आएको छ । 

  • न्युज बहार संवाददाता

थप