Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आजबाट सुरु भयो छठ पर्व, आज ‘नहाय-खाय’

  •   ३ वर्ष अघि | १ मंसिर २०८०, शुक्रबार

मंसिर १, महोत्तरी । अहिले महोत्तरीसहितका मिथिला क्षेत्रमा जताततै छठपर्वको रौनक सुरु भएको देख्न सकिन्छ । मिथिला क्षेत्रका जन–जन सूर्य उपासनाको महापर्व छठको तयारीमा परिचालित देखिँएका छन् । बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट पर्वको प्रारम्भ गर्दैछन् । 

बर्तालुले कात्तिक शुक्ल तृतीयाकै दिन कोदो, उसिना चामल, माछामासुसहित मुसुरो, तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधि हिजो बिहीबार नै गरिसकेका छन । परम्परा अनुसार निरामिष (सात्विक) भोजन सुरु गरेर तृतीयाकै दिन थालिन्छ ।

मिथिलामा अहिले जताततै छठले गर्दा सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत बजेको सुन्न सकिन्छ । मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर छठ प्रारम्भसँगै बेहुलीझैँ सिङ्गारिएका छन् । बर्तालुले पर्व सुरु भएको मानिने आज कात्तिक शुक्ल चौथीका दिन पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनीतो खाने गर्दछन । मिथिलामा यस विधिलाई ‘नहाय–खाय’ भन्ने गरिएको छ । पर्वले घर–घरमा व्यस्तता बढाएको छ भने पूजा सामग्रीको जोरजाम र व्यवस्थापनमा सबै केन्द्रित देखिएका छन् ।

बर्तालुले हिजो बिहीबार कात्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अरबाइन’ र आज (चौथी तिथि) ‘नहाय–खाय’ विधि गरेर भोलि कात्तिक शुक्ल पञ्चमीका दिन दिउँसभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खाने परम्परा छ । मिथिलामा यो विधिलाई ‘खरना’ भनिन्छ ।

षष्ठी तिथिका दिन निराहार व्रत बसेर बर्तालुले साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा चोबलिएर अस्ताउँदा सूर्यलाई अघ्र्य दिएर प्रसाद राखिएको डाली हातमा उठाइ सूर्यलाई देखाउने गर्दछन । यो व्रत यसपालि पर्सी अर्थात आइतबार सम्पन्न गरिने छ । यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भन्ने गरिन्छ । यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदा सूर्यलाई अघ्र्य दिएर देखाइएपछि छठ पर्व सम्पन्न हुने परम्परा छ । यसपालि  छठको समापन आउने सोमबार बिहान सूर्योदयसँगै गरिने छ ।

‘सझुका अरख’ सम्पन्न गरेर घाटमै बस्ने र सप्तमीका दिन बिहान सूर्योदय हुन एक घडीअघिदेखि पानीमा चोबलिएर बर्तालुले गीतको भाखामा सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्ने गरिन्छ। रातभरि जाग्राम बस्न गीत, सङ्गीत, नाटक र मनोरञ्जनका अन्य साधन सबैजसो घाटमा व्यवस्था गरिएको हुन्छ ।

  • न्युज बहार संवाददाता

थप