असार १२, काठमाडौँ । आज संयुक्त राष्ट्र सङ्घका उपमहासचिव नेपाल आउँदै छन् ।
उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स राष्ट्र सङ्घको शान्ति सेनाका विभाग हेर्ने ४ दिवसीय भ्रमणका लागि आज नेपाल आउन लागेका हुन् ।
भ्रमणका क्रममा उपमहासचिव ल्याक्रोइक्सले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्री एनपी साउद र उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खडका लगायतसँग शिष्टाचार भेट गर्ने कार्यतालिका रहेको छ ।
- न्युज बहार संवाददाता