असार ८, काठमाडौँ । महासागरमा डुबेको विश्वको चर्चित
पानि जहाज टाइटानिकको भग्नावशेष हेर्न गएको टाइटन पनडुब्बी विस्फोट भएको र त्यसमा
सवार ५ जनाको मृत्यु भएको खोजकर्ताहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
पनडुब्बीसँगको सम्पर्क गत आइतबार
महासागरमा डुबुल्की लगाएको १ घन्टा ४५ मिनेटमा नै टुटिसकेको थियो । पहिले नै
बनाइएको तालिका अनुसार पनडुब्बी ८ घन्टामा टाइटानिकको भग्नावशेष अवलोकन गरेर माथि
उत्रिसक्नु पर्ने थियो तर पानडिब्बी अहिले सम्म पनि माथी उत्रिन सकेको छैन।
टाइटन बेपत्ता भएपछि लगतै खोजी तिब्र पारिएको थियो । पनडुब्बीको खोजका क्रममा खोजकर्ताहरुले टाइटन पनडुब्बीका टुक्राहरु फेला पारेका थिए ।
टाइटन पनडुब्बीका टुक्राहरु फेला पारेपछी त्यसकै आधारमा उनीहरुले टाइटन विस्फोट भएको र सबै ५ जनाको मृत्यु भएको घोषणा गरेका हुन् ।
बीबीसीले अमेरिकी जल सेनाले विस्फोटको आवाज पनि सुनिएको बताएका दाबी गरेको छ ।
- न्युज बहार संवाददाता