पुस १६, काठमाडौँ । जापानमा शक्तिशाली
भूकम्प गएको छ । भूकम्प गएपछि भूकम्प गएको क्षेत्रमा सुनामीको चेतावनी समेत जारी
गरिएको छ ।
७.६
म्याग्निच्युडको भूकम्प गएपछि जापानमा सुनामीको चेतावनी जारी गरिएको हो ।
जापानको
मौसम विभागले सुनामीको चेतावनी जारी भएपछि इशिकावा भन्ने स्थानका समुद्री किनारका
बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण सुरु गरिएको छ भने यस क्षेत्रमा पाँच
मिटरसम्म अग्लो समुद्री छाल उठ्ने र त्यसले क्षति पुर्याउन सक्ने चेतावनी जारी
गरिएको छ ।
जापानका
सरकारी सञ्चार संस्था एनएचकेका अनुसार इशिकावाको शुजु शहरमा केही घर र विजुलीका
पोलहरू ढलेको छ ।
- न्युज बहार संवाददाता