Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रुसले गर्यो युक्रेनको रक्त सन्चार केन्द्रमा आक्रमण ।

  •   ३ वर्ष अघि | २१ साउन २०८०, आइतवार

साउन २१, काठमाडौँ । युक्रेनको रक्त सन्चार केन्द्रमा रुसले आक्रमण गरेको छ । शनिबार राति खार्किब क्षेत्रमा रहेको रक्तसञ्चार केन्द्रमा रुसले बम आक्रमण गरेको युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले जानकारी दिएका छन ।

राष्ट्रपति जेलेन्स्कीले सार्वजनिक गरेको फोटोमा आक्रमणपछि रक्त सन्चार केन्द्रमा आगो लागेको देखिएको छ भने उक्त आक्रमणमा परी केही व्यक्तिको मृत्यु भएको र केही घाइते भएको पनि उल्लेख गरेका छन् ।

हाल रुसले पूर्वी सीमा क्षेत्रमा सैनिकहरुलाई केन्द्रित गरेर आक्रमण गर्दै आएरहेको छ ।

यसैगरी शनिबार नै रुसको तेल बोकेको एक पानी जहाजमा युक्रेनले आक्रमण गरेको छ । युक्रेनले ड्रोनमार्फत् ब्ल्याक सीमा रहेको पानी जहाजमा आक्रमण गरेको रुसी अधिकारीहरुले बताएका छन् ।

सो पानी जहाजमा ११ जना सवार भएको र उनीहरु सकुशल रहेको तथा  पानी जहाजको इन्जिनमा क्षति पुगेको सीएनएनले उल्लेख गरेको छ ।

  • न्युज बहार संवाददाता

थप