असोज २२, काबुल । अफगानिस्तान देशको पश्चिममा गएको शक्तिशाली भूकम्पको भग्नावशेषबाट आपतकालीन टोलीहरूले मानिसहरूलाई उद्धार गर्न प्रयासरत रहेका छन्। हेरात प्रान्तका गाउँहरूमा शनिबार गएको ६.३ म्याग्निच्युडको भूकम्पमा परी एक हजारभन्दा बढीको मृत्यु भएको आशंका समेत गरिएको छ ।
उद्धारकर्मीहरू सञ्चार र धेरै सडक अवरुद्ध भएका कारण दुर्गम क्षेत्रहरूमा पुग्न संघर्ष गरिरहेका छन्। यस भुकम्पमा परि सयौं घाइते पनि भएका छन् । अन्य संस्थाहरू र संयुक्त राष्ट्र संघले आपतकालीन आपूर्ति पुर्याउन थालेका छन्।
कम्तीमा ४६५ घर भत्किएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बताएको छ ।
- न्युज बहार संवाददाता