बैशाख ५, काठमाडौँ । नुवाकोट जिल्लामा मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) ले जग्गा प्राप्तिको कार्य अगाडि बढाएको छ ।
एमसीए-नेपालको डबल सर्किट ४०० केभी क्षमताको विद्युत् प्रसारण आयोजना अन्तर्गत नुवाकोट जिल्लाभित्र पर्ने विद्युत् प्रसारण लाइनको टावरको जग निर्माण कार्यको प्रयोजनका लागि आवश्यक जग्गा प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाइएको सुचनामा उल्लेख गरिएको छ।
मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समितिले नुवाकोटको बेलकोटगढी नगरपालिका तथा शिवपुरी, पञ्चकन्या, लिखु र तारकेश्वर गाउँपालिकाहरूका विभिन्न वडाहरुमा पर्ने जग्गा प्राप्त गर्ने प्रकृया अगाडी बढाएको हो।
- न्युज बहार संवाददाता