कार्तिक १४, पेरिस । आठौँ पटक अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीले पुरुष बालोन डी’ओर अवार्ड जित्न सफल भएका छन ।
३६ वर्षीय खेलाडीले गत वर्ष कतारमा भएको विश्वकपमा आफ्नो देशलाई जिताउन मद्दत गरेपछि पेरिसमा आयोजित समारोहमा उनको सम्मान गरिएको हो ।
म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डलाई मेस्सीले पछि पार्दै कीर्तिमानी बालोन डी’ओर अवार्ड जित्न सफल भएका हुन ।
विश्वकपको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४-२ ले हारका फ्रान्सका फरवार्ड केलियन एमबाप्पे यसमा तेस्रो भएका छन । विश्वभरका १०० पत्रकारहरूले बालोन डीओरमा वर्षको उत्कृष्ट फुटबलर चुन्न मतदान गरेका थिए।
मेस्सीले यससँगै अरू खेलाडीभन्दा तीनवटा बढी बालोन डी’ओर अवार्ड जितेका छन् भने उनीपछि क्रिस्टियानो रोनाल्डोले यो पाँच पटक जितेका छन् ।
- न्युज बहार संवाददाता