Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तिन वर्ष जेल सजाय ।

  •   ३ वर्ष अघि | २० साउन २०८०, शनिबार

साउन २०, काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तिन वर्षको जेल सजाय सुनाएको छ । तेहरिक-ए-इन्साफका अध्यक्ष तथा पाकिस्तानका पूर्वप्रधानमन्त्री समेत रहेका इमरान खानलाई गैरकानुनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा ट्रयाल कोर्टले तीन वर्षको जेल सजाय सुनाएको हो ।

अदालतले तिन वर्ष जेल सजायको फैसला सुनाएपछी  खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ ।

इस्लामावादको जिल्ला तथा सेसन अदालतले खानलाई एक लाख रुपैयाँ जरिवाना समेत तोकेको छ ।

यता तेहरिक-ए-इन्साफ इमरानको पार्टीले यसलाई पूर्वाग्रहपूर्ण भएको भन्दै निर्णयविरुद्ध सर्वोच्च अदालत जाने जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप