भदौ
८, काटमाडौँ । डोनाल्ड ट्रम्प अमेरिकाका पूर्वराष्ट्रपति आत्मसमर्पण गरेका
छन्।
जर्जियाको
फुल्टन काउन्टी जेलमा पुगेर शुक्रबार ट्रम्पले आत्मसपर्पण गरेको सिएनएनले जनाएको
छ।
उनमाथि सन् २०२० को राष्ट्रपति निर्वाचन हार्ने निश्चित भएपछि आपराधिक क्रियाकलाप गरी परिणाम उल्ट्याउन कोशिश गरेको अभियोग लागेको छ । सोही अभियोग लागेपछि उनले हिजो आत्मसमर्पण गरेका हुन्।
उनी जेल चलान भएको २० मिनेटमा जमानत तिरेर रिहा पनि भइसकेका छन्। औंठा छाप लिने लगायतका प्रक्रिया पूरा गरी उनी २ लाख अमेरिकी डलर जमानत तिरेर रिहा भइसकेको सिएनएनले जनाएको छ ।
- न्युज बहार संवाददाता