Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रुसी सेनाविरुद्ध युक्रेनले क्लस्टर बम प्रयोग गरिरहेको हुनसक्ने पुष्टि।

  •   ३ वर्ष अघि | ५ साउन २०८०, शुक्रबार

साउन ५, काठमाडौँ । अमेरिकाले रुसी सेनाविरुद्ध युक्रेनले क्लस्टर बम प्रयोग गरिरहेको पुष्टि गरेको छ । प्रारम्भिक प्रतिक्रियाबाट क्लस्टर बम रक्षात्मक कदमका लागि प्रभावी ढंगले प्रयोग गरिरहेको पत्ता लागेको अमेरिकाको राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले बताएका छन्।

उक्त क्लस्टर बमले धेरै बमहरु खसाल्ने र त्यसबाट सर्वसाधारणमा वर्षौंसम्म पनि नराम्रो असर पर्ने बताइएको छ । सोही कारण १०० भन्दा धेरै देशले त्यसलाई प्रतिबन्ध समेत लगाएका छन् ।

तर अमेरिकाले रुसविरुद्ध लडिरहेको युक्रेनलाई केही समय अगाडी सैन्य सहयोग गर्ने क्रममा क्लस्टर बम सहयोग गरेको थियो । सोही बम युक्रेनले रुसी सेनाविरुद्ध प्रयोग गरिरहेको हुन सक्ने अमेरकाले पुष्टी गरेको हो। 

  • न्युज बहार संवाददाता

थप