चैत १, काठमाडौँ । अमेरिकन हाउस अफ रिप्रेजेन्टेटिभले चिनियाँ
नागरिकको स्वामित्वमा रहेको 'टिकटक' अमेरिकालाई नबेचे सो एप देशभर प्रतिबन्ध लगाउने विधेयक पास
गरेको छ।
अमेरिकी हाउसले अमेरिकाका लागि चिनियाँको
स्वामित्वमा रहेको टिकटक सुरक्षा चुनौती भएको भन्दै यस्तो विधेयक पास गरेको हो।
यो
विधेयक अब सिनेटमा जानेछभने सिनेटले यो विधेयक पास गर्छ कि गर्दैन भन्ने यकिन नभएको
द न्यूयोर्क टाइम्सले जनाएको छ।
अहिले १५ करोडभन्दा बढी अमेरिकी प्रयोगकर्ताहरू चिनियाँ कम्पनी
बाइटडान्सको स्वामित्वमा रहेको टिकटकमा रहेका छन्।
- न्युज बहार संवाददाता