असोज २४, काठमाडौँ । आज द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि सरकारले जहाज पठाउने भएको छ । आज राति ११ बजे नेपाल वायु सेवा निगमको जहाज इजरायल जाने परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।
बुधबार राति इजरायलबाट नेपाल फर्कन चाहने नागरिकको उद्धारका लागि काठमाडौँबाट वाइडबडी ए३३० जहाज इजरायल प्रस्थान गर्ने भएकोहो । काठमाडौँबाट इजरायलका लागी उडेको १५ घण्टामा जाहाज पुन काठमाडौँ फिर्ता हुने जनाइएको छ ।
यो जहाज
स्थानीय समय अनुसार २ बजेर ३० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट
उड्ने नेपाल एयरलाइन्स स्रोतबाट प्राप्त प्रस्तावित उडान तालिकाले जनाएको छ ।
जहाज दुबईस्थित विमानस्थलमा ४ घण्टा ४० मिनेटको उडानपछि स्थानीय समय अनुसार ५ बजेट २५ मिनेट जाँदा अवतरण गर्नेछ । त्यसपछी यो जहाज दुबईबाट स्थानीय समय अनुसार ६ बजेर ४० मिनेटमा उडेर ३ घण्टा ३० मिनेटको उडानपछि इजरायलको बेन गुरियन विमानस्थलमा अवतरण गर्ने एयरलाइन्स स्रोतल जनाएको छ ।
पुर्व अनुमानित समय तालिका अनुसार इजरायलबाट स्थानीय समय अनुसार ११ बजेट १० मिनेटमा उड्ने सो जहाज ३ घण्टा ५ मिनेटको उडानपछि पुनः दुबई आइपुगी दुबईबाट स्थानीय समय अनुसार ४ बजेर ३० मिनेटमा उडेर स्थानीय समय अनुसार राति १० बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ ।
- न्युज बहार संवाददाता