मंसिर
१०, काठमाडौँ । प्यालेस्टाइनको अतिवादी समूह हमासले युद्धविराम भएको दोस्रो दिन गजामा
१७ बन्धक छाडेको छ।
शनिबार
हमासले १३ इसराइली र ५ थाइ बन्धकलाई मुक्त गरेको सिएनएनले जनाएको छ । त्यस्तै ३९
प्यालेस्टिनियन नागरिकलाई इसराइलले पनि कैदमुक्त गरेको छ।
एक विज्ञप्ति जारी गर्दै इसराइली
डिफेन्स फोर्सले हमासले १७ बन्धक रिहा गरेको पुष्टि गरेको हो । रेडक्रसले मुक्त उनीहरूलाई
इसराइल पुर्याइ अस्पताल लगेको छ।
हमासले युद्धविरामको पहिलो दिन २४
बन्धक र इसराइलले ३९ प्यालेस्टिनियन कैदीबन्दी रिहा गरेको थियो।
योसँगै हमासले मुक्त गरेको
बन्धकको संख्या ४१ पुगेको छ भने ७८ प्यालेस्टिनियन कैदीबन्दी इसराइलको जेलबाट
मुक्त भएका छन्।
विभिन्न मुलुकहरूले युद्धविरामबीच गजामा मानवीय
सहायता पुर्याइरहेका छन्। इजिप्ट लगायतका देशहरूले त्यहाँ अत्यावश्यक खाद्यान्न, इन्धन र औषधी
लगायतका मानवीय सहायता लगिरहेका छन्।
पहिलो
चरणमा इसराइल र हमासबीच ५० जना बन्धक र १५० जना कैदी छाड्ने सहमति भएको थियो। इसराइलले
मंगलबार उक्त सहमतिलाई अनुमोदन गरेको थियो भने शुक्रबार बिहानदेखि गजामा
युद्धविराम भएको थियो।
प्रत्येक दिन हमासले कम्तिमा १०
जना बन्धक मुक्त गर्ने र इसराइलले त्यसवापत गजामा थप एकदिन युद्धविराम लम्ब्याउने
भनिएको छ
- न्युज बहार संवाददाता