मंसिर २६, काठमाडौँ । नेपालका १० खेलाडी पाकिस्तान
सुपर लिग (पीएसएल) को ड्राफ्टमा समावेश भएका छन् ।
नेपाली
रष्ट्रिय क्रिकेट टोलीका १० खेलाडी सोमबार पाकिस्तान सुपर लिगले सार्वजनिक गरेको
ड्राफ्ट लिष्टमा विभिन्न क्याटेगोरीमा समावेश भएका हुन ।
जसमा गुल्सन
झा, सन्दीप
लामिछाने, आसिफ शेख, आरिफ शेख, देव खनाल, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी र कुशल
भुर्तेल रहेका छन् ।
विभिन्न
क्याटेगोरीमध्ये सन्दीप लामिछाने प्लाटिनम र गुल्सन गोल्ड क्याटेगोरीको ड्राफ्टमा
रहेका छन् । यस्तै बाँकी ८ खेलाडीहरु भने सिल्भर क्याटेगोरीमा छन् ।
- न्युज बहार संवाददाता