Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दसैं आउन एक महिना बाँकी, विभिन्न गन्तव्यहरूको टिकट बुकिङ सुरु

  •   १ वर्ष अघि | ३ भदौ २०८२, मङ्लबार

भदौ ३, काठमाडौँ । नेपालीहरुको महान चाड दसैं आउन अब करिब एक महिना मात्र बाँकी छ। अहिले दसैँको लागि भनेर विभिन्न गन्तव्यहरूको टिकट बुकिङ पनि सुरू भइसकेको छ।

दसैंको मुखैमा यात्रुको चाप बढ्ने र टिकट अभाव हुन सक्ने भन्दै यात्रुहरुले अहिले नै धमाधम टिकट बुकिङ सुरु गरिसकेका छन्। 

दसैंका लागि आन्तरिकतर्फ उडान गरिरहेका श्री, बुद्ध र यती एयरलाइन्सका सबैजसो गन्तव्यमा धमाधम टिकट बुकिङ भइरहेको छ। 

हवाई उडानमा टिकट अग्रिम बुकिङ भन्ने हुँदैन। सधैं जसो टिकट बुकिङ चलिरहने हुँदा यात्रुले आफ्नो सहजका लागि जुनसुकै बेला टिकट बुकिङ गर्न सक्ने वायुसेवा कम्पनीहरूले जनाएका छन।

दसैंमा अवसरमा विशेषगरी फूलपातीको अघिल्लो दिनदेखि दशमीको दिनसम्म काठमाडौं बाहिरिनेको चाप बढी हुन्छ। आजको मिति सम्म बुद्ध एयरको ४० प्रतिशत टिकट बुकिङ भइसकेको छ। 

बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णका अनुसार कतिपय कम उडान हुने गन्तव्यहरुमा भने टिकट नै नपाउने सम्भावना रहेको छ।

त्यस्तै, यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार यतिमा पनि दसैँका लागि टिकट बुकिङ उत्साहजनक रहेको छ।

  • न्युज बहार संवाददाता

थप