कार्तिक
१४, म्याग्दी । पर्यटकहरु म्याग्दी जिल्लामा पर्ने अन्नपूर्ण प्रथम
हिमालको ‘नर्थ’ (उत्तरी) आधार शिविरमा पनि जान थालेका
छन् । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ’ (उत्तरी) आधार शिविरमा बिस्तारै पर्यटकको
चहलपहल बढ्न थालेको छ ।
यसपालिको
शरद्याममा पहिलोपटक नारच्याङबाट आधार शिविर जोड्ने ‘मौरिस हर्गोज ट्रेल’मा पदमार्ग, झोलुङ्गे पुल, विश्रामस्थल, आश्रयस्थललगायतका पर्यटन पूर्वाधार
तयार र प्रचार–प्रसार
भएपछि आन्तरिक पर्यटक पुगेका हुन् ।
शरद्याममा
हिमाल आरोहणका लागि विदेशी पर्यटक नआए पनि देशका विभिन्न ठाउँबाट आएका आन्तरिक
पर्यटकको चहलपहल बढेको जानकारी दिएका छन।
उनले भने, “विगतका वर्षमा वसन्त ऋतुमा हिमाल
आरोहणका लागि हेलिकोप्टरबाट आउने पर्वतारोहीहरूको चहलपहल हुने अन्नपूर्ण आधार
शिविर शरद्याममा सुनसान हुने गर्दथ्यो, दसैँपछि मात्रै दुई सय जनाभन्दा बढी
आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविर पुगेका छन्।”
नर्थ
अन्नपूर्ण आधार शिविर पुग्नका लागि नारच्याङबाट कुल ४२ किलोमिटरको दूरीमा रहेको हुमखोलासम्म
निलगिरिखोला जलविद्युत् आयोजनाले २० किलोमिटर सडकको मार्ग खोलेको छ भने हुमखोलाबाट
आधार शिविरसम्मको २२ किलोमिटर दूरीमा पदमार्ग निर्माण भएको छ।