Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सोमबार रद्द भएको दोहाको उडान आज मध्याह्न १२ बजे हुने

  •   १ वर्ष अघि | १० असार २०८२, मङ्लबार

असार १०, काठमाडौँ । सोमबार राति रद्द भएको दोहाको उडान आज हुने भएको छ। उक्त रोकिएको उडान आज मध्याह्न १२ बजेका लागि तोकिएको छ। इरानले कतारमा आक्रमण गरेपछि हिजो रातिको दोहाको उडान रोकिएको थियो।

सोमबार राति ११ बजे दोहा उड्ने तालिका रहेको नेपाल एयरलाइन्सको विमान कतारमा तनाव भएपछि रद्द गरिएको थियो।

अहिले दोहामा हवाई मार्ग खुलाइएको र अवस्था शान्त बन्दै गएकोले १२ बजेका लागि उडान तय गरिएको एयरलाइन्सले जनाएको छ।

सोमबार राति आक्रमणको सचूना आएको थियो। त्यसपछि वैदेशिक रोजगारीका लागि जान लागेका अधिकांश यात्रुहरु अलपत्र परेका थिए।

  • न्युज बहार संवाददाता

थप