Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पर्यटकीय स्थल शैलुङमा सम्पन्न भयो 'स्पार्क एडभेञ्चर २०२३'

  •   ३ वर्ष अघि | १५ असोज २०८०, सोमवार

असोज १५, काठमाडौँ । पर्यटकीय स्थल शैलुङमा दुई रात तीन दिन चौंरीसँग बिताउँदै 'स्पार्क एडभेञ्चर २०२३' सम्पन्न भएको छ।

स्पार्क कारले पर्यटन प्रवर्द्धन गर्न दोलखा र रामेछापको सिमानाको पर्यटकीय क्षेत्र शैलुङमा कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रमको मुख्य नारा 'वाइल्ड स्टे विथ चौंरी' सहित सम्पन्न भएको 'स्पार्क एडभेञ्चर कार्यक्रममा एक्सन स्टार निखिल उप्रेती, क्याप्टेन विजय लामा, गायक प्रेम राजा महत, गायक यश कुमार लगायत दुई सय भन्दा बढी सहभागी रहेका थिए ।

धुलिखेलको मिराबेल रिसोर्टमा गएको बिहीबार बिहान पञ्चेबाजा सहित एडभेञ्चरको उद्घाटन गरिएको थियो। पर्यटकहरू विभिन्न ठाउँमा स्थानीयहरूबाट गरेको सम्मान तथा स्वागतमा रमाउँदै शैलुङसम्म पुगेका थिए ।

विभिन्न क्षेत्रका पर्यटकहरू करिब ५० वटा गाडीमा लामबद्ध भएर गई स्थानीय लोकल परिकारको स्वाद चाख्दै क्याम्पिङ टेन्टभित्र बस्दा निकै उत्साहित बनेका थिए । 

  • न्युज बहार संवाददाता

थप