चैत २९, काठमाडौँ। बुद्ध एयरको काठमाडौंबाट उडेको जहाज केहीबेरमै पुनः काठमाडौँनै फर्किएको छ।
काठमाडौंबाट सिमराका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित डोमेस्टिक तर्फवाट उडेको बुद्ध एयरको जहाज फर्किएको यात्रु सुरजकुमार दाहालले जानकारी दिए।
काठमाडौंबाट एटिआर यु ४५५७ को जहाज सवा ५ बजे उडेको थियो तर जाहाजमा केही समस्या आएको भन्दै १५ मिनेटमै फर्काइएको दाहालले बताएका छन।
बत्तीमा समस्या आएपछि जाहाज फर्किएको थियो र अहिले त्यस समस्याको समाधान भइसकेको त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसएसपी लालमणि आचार्य बताएका छन।
- न्युज बहार संवाददाता