माघ २४, काठमाडौँ । दुइटा न्यारोबडी जहाज वेट लिजमा लिन नेपाल
वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ।
निगमले सार्वजनिक
खरिद ऐन, नियमबमोजिम
अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो। अहिले निगमसँग वाइडबडी र दुइटा
न्यारोबडी जहाज रहेका छन्। जसमध्ये गत मंसिर १४ गतेदेखि एउटा न्यारोबडी ग्राउन्डेड
भएको छ ।
निगमका
अनुसार वाइडबडी जहाज सिड्नी, जापान
र कोरिया
लगायत उडानमा प्रयोग भएको र अन्य सेक्टरमा हाल भएका न्यारोबडी जहाजले उडान चाप
धान्न नसकेकाले जहाज थप्न लागिएको हो ।
- न्युज बहार संवाददाता