माघ २१, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले शनिवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्न पुगेका थिए अनुगमन गरिसके पछी उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार चित्त बुझ्दो नभएको बताएका छन्।
मन्त्री किराँती भन्नुहुन्छ ‘तुलनात्मक रुपमा
पहिले भन्दा सुधार भएको छ तर चित्तबुझ्दो रूपमा सुधार छैन। आज देखिएको ट्रलीमा
ब्रेक छैन, तुरुन्त त्यसलाई सुधार गर्न निर्देशन दिएको छु,’ उनले भने, ‘बाँकी जतिपनि त्रुटी
देखेको छु, सुधार गर्नुपर्ने
धेरै कुरा छ सम्बन्धित निकायमा कडाइका साथ सच्याउन निर्देशन
दिनेछु।’
मन्त्री
सुदन किरातीले पदभार सम्हालेपछि गत माघको पहिलो साता विमानस्थलको
अनुगमन गर्नु भएको थियो। त्यसबेला मन्त्री किराँतीले शौचालयहरू सफा राख्न र आगमन
तथा प्रस्थान कक्षलाई व्यवस्थित तथा सुरक्षित बनाउन निर्देशन दिएका थिए ।