Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

लुम्बिनीमा ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव २०२४' आयोजना हुने

  •   २ वर्ष अघि | १८ चैत्र २०८०, आइतवार

चैत १८, काठमाडौँ । लुम्बिनीमा ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव २०२४' आयोजना हुने भएको छ ।

उक्त महोत्सव चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड, नेपाल ओलम्पिक कमिटी, लुम्बिनी विकास कोष र प्रदेश खेलकुद परिषद् नेपालको संयुक्त आयोजनामा हुन लागेको हो ।

लुम्बिनीस्थित झोङ हुआ गुम्बा, नेपाल ओभरसिज चाइनिज एसोसिएसन र लुम्बिनी होटल एसोसिएसनले महोत्सवका लागि  सहआयोजना गर्नेछन। 

आगामी वैशाख ५ र ६ गते शान्ति महोत्सव  हुने मिति तोकिएको छ । शान्ति महोत्सवको  अवसरमा लुम्बिनीमा लुम्बिनी शान्ति कन्सर्ट, शान्ति म्याराथन र योगा गरी तीनवटा कार्यक्रम हुनेछन्।

यो कार्यक्रम लुम्बिनीलाई 'विश्व शान्ति र सांस्कृतिक पर्यटन गन्तव्य' को रूपमा विश्वव्यापी रूपमा प्रवर्द्धन र स्थान दिनमा केन्द्रित रहेको जनाइएको छ ।

यस कार्यक्रमले नेपाल र चीनबीचको जनस्तरमा सद्भाव र न्यानो सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा राखीएको छ ।

विश्व सम्पदा स्थल परिसरमा यो कार्यक्रम हुनेछ । 

  • न्युज बहार संवाददाता

थप