Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

लुम्बिनीमा ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव २०२४' आयोजना हुने

  •   ४ महिना अघि | १८ चैत्र २०८०, आइतवार

चैत १८, काठमाडौँ । लुम्बिनीमा ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव २०२४' आयोजना हुने भएको छ ।

उक्त महोत्सव चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड, नेपाल ओलम्पिक कमिटी, लुम्बिनी विकास कोष र प्रदेश खेलकुद परिषद् नेपालको संयुक्त आयोजनामा हुन लागेको हो ।

लुम्बिनीस्थित झोङ हुआ गुम्बा, नेपाल ओभरसिज चाइनिज एसोसिएसन र लुम्बिनी होटल एसोसिएसनले महोत्सवका लागि  सहआयोजना गर्नेछन। 

आगामी वैशाख ५ र ६ गते शान्ति महोत्सव  हुने मिति तोकिएको छ । शान्ति महोत्सवको  अवसरमा लुम्बिनीमा लुम्बिनी शान्ति कन्सर्ट, शान्ति म्याराथनयोगा गरी तीनवटा कार्यक्रम हुनेछन्।

यो कार्यक्रम लुम्बिनीलाई 'विश्व शान्ति र सांस्कृतिक पर्यटन गन्तव्य' को रूपमा विश्वव्यापी रूपमा प्रवर्द्धन र स्थान दिनमा केन्द्रित रहेको जनाइएको छ ।

यस कार्यक्रमले नेपाल र चीनबीचको जनस्तरमा सद्भाव र न्यानो सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा राखीएको छ ।

विश्व सम्पदा स्थल परिसरमा यो कार्यक्रम हुनेछ । 

  • न्युज बहार संवाददाता

थप