Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

लुकेको गाउँ ‘भुजुङ’ जसले लोभ्याउँदै छ पर्यटक

  •   १ वर्ष अघि | ५ असार २०८२, बिहिबार

असार ५, लमजुङ। लमजुङ जिल्लाको भुजुङ गाउँ ढुंगा र जस्ताले छाएका गुजुमुज्ज घरहरू र ढुङ्गाले छापिएका चोक र बाटोले भरिएको छ । लमजुङको क्व्होलासोथार गाउँपालिका-४ मा रहेको भुजुङ गाउँ प्राचीन मौलिक गुरुङ संस्कृतिको जीवन्त सङ्ग्रहालयझैँ रहेको छ । याहाँ एउटै वडा एउटै गाउँ मात्र छ जुन हो भुजुङ ।

भुजुङ गाउँ जिल्लाकै ठूलो र सिरान गाउँको रूपमा परिचित रहेको छ भने समुद्री सतहदेखि करिब एक हजार ६०० मिटरको उचाइमा अवस्थित छ । यस गाउँको उत्तरतर्फ घना जङ्गल, घाँसे मैदान र खर्क रहेका छन भने याहाँ बाट लमजुङ हिमाल, अन्नपूर्ण हिमाल पनि देखिन्छ ।

याहाँ गुरुङ समुदायका परम्परागत भाषा, वेषभूषा, रीतिरिवाज, संस्कृति र पहिचानलाई जीवन्त देख्न सकिन्छ ।

राखिएको भुजुङ समाजका पूर्व अध्यक्ष तथा घरबास सञ्चालक रामचन्द्र गुरुङका अनुसार प्राचीन शैलीका घुमाउने घर जस्ता संरचनाले यहाँ आउने जो कोही लोभिने गरेका छन । यस गाउँमा कूल ५०० घरधुरी रहेका छन।  ५०० मध्ये ३३ घरमा घरबास सञ्चालन गरिएका छन् । गाउँमा २०६३ सालदेखि घरबास सञ्चालन गरिएको हो र हाल घरबासमा दैनिक ५० देखि ६० जना पर्यटक आउने गरेको भुजुङ सामुदायिक होमस्टेका अध्यक्ष तुलबहादुर गुरुङले जनाएका छन ।

स्थानीयले याहाँ आउने पर्यटकलाई आतिथ्यतासँगै कोदोको ढिँडो, गुन्द्रुक, सिस्नो, कुरिलो, निउरो, पिँडालुका परिकार र कोदोको रक्सी तथा खसी कुखुराको मासुले स्वागत गर्ने गरेका छन। भुजुङ गाउँलाई स्थानीयले लुकेको गाउँसमेत भन्ने गरेका छन ।

यस गाउँमा ९० प्रतिशत गुरुङको बसोबार रहेको छ । त्यसैले यो गुरुङ समुदायको संस्कार र संस्कृति नियाल्ने महत्वपूर्ण थलो बनेको छ । स्थानीयको मुख्य लक्ष्य भनेको गाउँको सौन्दर्यता, संस्कार र संस्कृतिको जगेर्ना गर्दै गाउँलाई पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्नु हो ।

होमस्टेका अध्यक्ष तुलबहादुर गुरुङका अनुसार गाउँका चिया बगान, प्राचीन गुम्बा, सन्तानेश्वर महादेव मन्दिरलाई पर्यटकीय रुपमा उपयोग गरिन्छ । यहाँस्थित सन्तानेश्वर महादेव मन्दिरमा सन्तान प्राप्त नभएका दम्पत्तिले पूजाआजा गरेमा सन्तान प्राप्त हुने विश्वास रहेको छ ।

पहिलो पटक २०६४ सालमा यहाँ भुजुङ महोत्सव आयोजना गरिएको थियो । त्यसयता विभिन्न चरणमा प्रवद्र्धनात्मक कार्यक्रम गरिँदै आएको छ ।

स्थानीयको आयआर्जनका लागि घरबास पर्यटनको सुरुवात अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा गरिएको थियो। यही कार्य नै यहाँको पर्यटकीय विकासका लागि बरदान सावित भएको छ। 

थप