जेठ ९, काठमाडौँ । सोलुखुम्बुका कामीरिता शेर्पाले पुनः एकपटक सगरमाथाको सफल आरोहण गरि २८ औं पटक सगरमाथाको चुचुरोमा पुग्ने कीर्तिमानी बनाएका छन् ।
सोलुखुम्बु पाङबोचेकै आरोही पासाङ दावा शेर्पाले २७ औं पटक सगरमाथा चढेर कामीरिताको कीर्तिमान बराबरी गरेपछि ५४ वर्षीय कामीरिताले आफ्नो नामको विश्व रेकर्ड कायमै राख्न केही दिनको फरकमा पुनः २८ औं पटक सगरमाथा आरोहण गरेका हुन् ।
यसअघि उनी १७ मे २०२३ मा सगरमाथाको चुचुरोमा पुगेका थिए ।
- न्युज बहार संवाददाता