Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कञ्चनजंघा क्षेत्रमा पर्यटकको आगमनमा भएको वृद्धिले होटल आम्दानीमा पनि वृद्धि

  •   २ वर्ष अघि | १४ मंसिर २०८१, शुक्रबार

मंसिर १४, काठमाडौँ । नेपालको कञ्चनजंघा क्षेत्रमा पर्यटक आगमनमा उल्लेख्य वृद्धि दिएको छ ।

यो क्षेत्रमा अहिले आन्तरिक र बाह्य पर्यटकको ताँती नै लागेको छ भन्दा फरक नपर्ला । कञ्चनजंघा आधार शिविरको भ्रमण गर्ने विदेशी पर्यटक बढेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका सूचना अधिकारीले जनाएका छन ।

उनका अनुसार एक हजार ८५ विदेशी पर्यटकले चालु  आर्थिक वर्षको चार महिनामा कञ्चनजंघा हिमाल अवलोकन गरेका छन् । २०५७ साल यता यहाँ आएका पर्यटकको यो नै धेरै संख्या हो ।

कञ्चनजंघा क्षेत्रमा विशेषगरी  अष्ट्रेलिया, फ्रान्स, अमेरिका र जर्मनीबाट पर्यटक आउने गरेका छन् । स्थानीय होटल व्यवसायीले चाडपर्वका बेला आन्तरिक पर्यटकले कञ्चनजंघा क्षेत्रका होटल र लज भरिएका बताएका छन् । होटल व्यवसायीहरुका अनुसार यो वर्ष होटलका आम्दानीमा ३० प्रतिशतभन्दा बढी वृद्धि भएको छ । 

 

  • न्युज बहार संवाददाता

थप