माघ १५, काठमाडौँ । नेपालीहरुमा अहिले घुम्ने बानीको बिकास हुँदै गएको देख्न सकिन्छ । हप्ताको अन्तिक दिन होस वा
अरु सार्वजनिक विदाका दिन मानिसहरु प्राय नजिकैको स्थानमा बिदा मनाउन गइरहेका
हुन्छन । काठमाडौँको भिडभाड धुवाँ धुलो र कोलाहलबाट बच्न मानिसहरुले घुम्नको लागि
प्राय: सान्त र मनोरम स्थानलाई रोज्ने गर्छन ।
आउँदै गरेको बिदामा काठमाडौँबाट नजिकैका केही पर्यटकिय गन्तव्यहरु
कुन-कुन हुन त आउँनुस यसबारे चर्चा गरौँ ।
छुट्टीको लागि काठमाडौँ नजिकैका पाँच उत्कृष्ट ठाउँहरू गन्तव्यहरु:
पोखरा - काठमाडौँबाट सडक (वा छोटो उडान) द्वारा लगभग ६-७ घण्टाको यात्राबाट पोखरा प्राकृतिक सौन्दर्य अवलोकन गर्न सकिन्छ । पोखरा प्रकृतिक सौन्दर्य लगायत साहसिक कार्यको उत्तम मिश्रण सहर हो । याहाँ शान्त फेवा तालदेखि पदयात्रा मार्गहरू र प्याराग्लाइडिङसम्मको सुविधा छ ।
नगरकोट - काठमाडौँबाट लगभग एक घण्टाको ड्राइभमा नगरकोट पुग्न
सकिन्छ । नगरकोटबाट हिमालयमा आश्चर्यजनक
सूर्योदय र सूर्यास्तका दृश्यहरू देख्न सकिन्छ । नगरकोटबाट मौसमसफा भएका दिन सगरमाथा
लगायत अन्य हिम शृङ्खलाहरु पनि देखिन्छ । यो क्षेत्र प्राकृतिक पदयात्रा र शान्त
वातावरणको साथ प्रकृतिमा प्रेमी पर्यटकहरुको लागि उत्तम स्थान हो ।
चितवन राष्ट्रिय निकुञ्ज - काठमाडौँबाट सडक मार्गमा लगभग ५-६ घण्टाको
यात्रामा चितवन राष्ट्रिय निकुञ्ज पुग्न सकिन्छ । यस राष्ट्रिय निकुञ्जले नेपालको
वन्यजन्तु अनुभव गर्ने मौका प्रदान गर्दछ। याहाँ तपाईं जंगल सफारीमा पनि जान
सक्नुहुन्छ । याहाँको राप्ती नदीमा डुङ्गा चढ्न
सक्नुहुन्छ र गैंडा, बाघ र हात्ती जस्ता जनावरहरू
हेर्न सक्नुहुन्छ।
कालिञ्चोक : कालिञ्चोक काठमाडौँबाट केवल
५-६ घण्टाको ड्राइभमा पुग्न सकिन्छ। काठमाडौँबाट छोटो समयमा पुगिने
भएकोले यो ठाउँ सबैको रोजाइमा पुर्ने धार्मिक तथा पर्यटकिय गन्तव्य हो । याहाँ
कालिन्चोक भगवतीको मन्दिर लगायत अन्य अद्भुत दृश्य र साहसिक गतिविधिहरूको अवलोकन
गर्न सकिन्छ ।
बन्दीपुर : बन्दिपुर तनहुँ जिल्लामा रहेको
छ । काठमाडौँबाट लगभग ४-५ घण्टाको दूरीमा बन्दिपुर अवस्थित छ । यो एक रमणीय पहाडी
शहर हो। यो संरक्षित सांस्कृतिक सम्पदा, आश्चर्यजनक प्राकृतिक दृश्यहरू, र परम्परागत नेवारी वास्तुकलाको लागि परिचित छ । बन्दीपुरले इतिहास, प्रकृति र शान्तिको अद्वितीय
मिश्रण प्रदान गर्दछ।
यी गन्तव्यहरू सबै काठमाडौँको तुलनात्मक रूपमा नजिक छन् र
यिनिहरुले प्रकृतिक, धार्मिक, साहसिक कार्य, संस्कृति र आरामको मिश्रण
प्रदान गर्दछ। तपाईंलाई आउँदै गरेको बिदाको लागि कुन स्थानले ध्यान आकर्षित गर्दैछ?
- सृजना प्याकुरेल