Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

१५ घण्टाभन्दा कम समयमै सगरमाथा आरोहण गरेर फुञ्जो झङ्मु लामाले बनाइन किर्तीमान

  •   २ वर्ष अघि | ११ जेष्ठ २०८१, शुक्रबार

जेठ ११, काठमाडौँ । १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले कीर्तिमान कायम गरेकी छन् । सगरमाथा आरोहणको जारी वसन्त ऋतुमा गोरखाकी फुञ्जोले आज हिजो ६:२३ बजे सगरमाथाको चुचुरोमा पुगेकी थिइन । उनले १५ घण्टामै चुचुरोमा पुगेर सगरमाथाको सबैभन्दा छिटो महिला आरोहीको कीर्तिमान बनाएकी हुन् ।

पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार बुधबार दिउँसो ३:५२ मा आधार शिविरबाट आरोहण सुरू गरीकी फुञ्जोले बिहिबार बिहान ६:२३ बजे सगरमाथाको चुचुरोमा पाइला टेकेकी हुन । 

यसका साथै उनले १४ घण्टा ३१ मिनेटमा सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गरेकी जनाइएको छ ।

  • न्युज बहार संवाददाता

थप