साउन
९, तनहुँ । १७ पर्यटकीय गन्तव्यको सूचनालाई बन्दीपुर गाउँपालिकाले नेपाली सहित
विभिन्न ८ भाषामा तयार गरेको छ।
मदानी
मिडिया प्रालि र गाउँपालिकाको संयुक्त सहकार्यमा विभिन्न भाषामा उक्त सूचना तयार
पारिएको हो।
ती
तयार पारिएको सूचनाहरू अब गाउँपालिकाका विभिन्न स्थानमा क्युआर स्क्यान मार्फत पढ्न
तथा सुन्न पनि सकिने भएको छ।
गाउँपालिका
प्रमुख सुरेन्द्र थापाले बन्दीपुर घुम्न आएका पर्यटकहरूलाई पर्यटकीय गन्तव्यसम्म
सहज पहुँच स्थापना गर्ने उद्देश्यसहित यस्तो सहकार्य गरिएको बताएका हुन।
मदानी
मिडियाका अध्यक्ष विष्णुकान्त घिमिरेले मंगलबार बन्दीपुर गाउँपालिकाको कार्यालय
प्राङ्गणमा एक समारोहका बीच क्युआर कोडसहितको सूचना गाउँपालिका अध्यक्ष थापालाई
हस्तान्तरण गरेका हुन्।
यस सुचनामा नेपाली, हिन्दी, अंग्रेजी, चाइनिज, कोरियन, जापानिज, स्पेनिस र फ्रेन्च भाषामा गन्तव्यबारे जानकारीहरू तयार पारिएको छ।
यस अन्तर्गत बन्दीपुरको मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल), थानीमाई मन्दिर, पद्म पुस्तकालय, विन्ध्यवासिनी मन्दिर, पहाड पानी, पातलेद्वार गुफा, सहिद स्मारक पार्क लगायतका १७ पर्यटकीय गन्तव्यको सूचना फरक-फरक भाषामा तयार गरिएको छ।
- न्युज बहार संवाददाता