Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

बन्दीपुर भ्रमण वर्ष २०२५ सुरु हुनै लाग्दा प्रचारप्रसार र प्रवर्द्धन तिव्र

  •   २ वर्ष अघि | २ पुस २०८१, मङ्लबार

पुस २, दमौली । बन्दीपुर भ्रमण वर्ष २०२५ सफल बनाउन बन्दीपुर गाउँपालिकाले प्रचारप्रसार र प्रवर्द्धन सुरु गरिसकेको   छ । पालिकाले बन्दीपुर भ्रमण वर्ष सफल पारी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अभियान सञ्चालन गरेको हो । गाउँपालिकाका अध्यक्षका अनुसार काठमाडौँमा विभिन्न सङ्घसंस्था, प्रतिष्ठित व्यक्तिहरूसँग गाउँपालिकाको नेतृत्वमा भेटघाट गरी भ्रमण वर्ष सफल बनाउन छलफल गरिएको छ । 

पालिकाका अध्यक्षको नेतृत्वमा उपाध्यक्ष सहितको प्रतिनिधिको टोली काठमाडौँ पुगेका छन । अध्यक्ष थापाका अनुसार काठमाडौँमा विभिन्न तहका व्यक्ति, सङ्घसंस्थाका प्रतिनिधिलगायत व्यत्तिसँग अन्तरक्रिया गर्नुका साथै भ्रमण वर्षको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न सहयोगका लागि अनुरोध गरिएको । अध्यक्षले बन्दीपुरलाई देश तथा विदेशमा परिचित गराउन उक्त वर्षभरि यहाँ पर्यटन प्रवर्द्धनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिने बताएका छन  

  • न्युज बहार संवाददाता

थप