चैत २७, काठमाडौँ । एक वर्षमा हेली एभरेष्टले दुइवटा नयाँ
हेलिकप्टर भित्र्याएको छ। केही महिनाअघि एउटा हेलिकप्टर किनेको हेलीले सोमबार पुन:
एउटा दुइटा हेलिकप्टर भित्र्याएको हो।
कम्पनीका
निर्देशक प्रनिश श्रेष्ठका अनुसार आन्तरिक एवं बाह्य पर्यटकलाई लक्षित गर्दै हेलिकप्टर
ल्याइएको हो ।
उनले अनुसार
नयाँ हेलिकप्टरले १४ दिनभित्र उडान भर्ने बताएका छन।
एएस ३५०, बिइ ए १२५ हेलिकप्टर हेली
एभरेष्टले भित्र्याएको हो भने अब हेली एभरेष्टसँग ४ वटा हेलिकप्टर भएका छन्।
श्रेष्ठका अनुसार आगामी
एक वर्षमा पुन : अर्को एउटा हेलिकप्टर थप्ने तयारी रहेको र हेली एभरेष्टको नयाँ
हेलिकप्टर नेपाली भूगोलको लागि उपयुक्त समेत रहेको छ ।
- न्युज बहार संवाददाता