Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

प्रेम दिवसको अवसरमा सौराहामा खाना महोत्सव हुने

  •   २ वर्ष अघि | २१ माघ २०८०, आइतवार

माघ २१, चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा खाना महोत्सव हुन लागेको छ।  रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) सौराहा चितवनको आयोजनामा भ्यालेन्टाइन डेअर्थात् प्रणय दिवसको अवसर पारेर यही माघ २८ गते देखि आगामी फागुन ३ गतेसम्म १८ औँ संस्करणको महोत्सव आयोजना हुन लागेको हो ।

शनिबार गरिएको पत्रकार सम्मेलनमार्फत आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यका साथ खाना, सङ्गीत र संस्कृतिलाई सँगसँगै अगाडि बढाएर महोत्वस गर्न लागिएको जानकारी दिइएको छ ।

रेवानका अध्यक्ष ध्रुव गिरीका अनुसार महोत्सवमा सञ्चालन हुने पर्यटन प्रवर्द्धनात्मक गतिविधिले पर्यटक भित्र्याउन टेवा पुग्ने विश्वास लिइएको छ भने सञ्चालनदेखि कार्यक्रम सम्पन्न गर्नका लागि रु ६० लाख अनुमानित खर्च लाग्ने छ ।

अनुमानित रु तीन करोडसम्म यस कार्यक्रम अवधिभर कारोबार हुने र दैनिक पाँच हजार पर्यटकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

यस महोत्सवमा विभिन्न जातजातिका परम्परागत तथा स्थानीय, विदेशी, स्वदेशी, खानाको प्रवर्द्धन गर्ने, स्थानीय कला, संस्कृति, वेशभूषाको जगेर्ना गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पर्यटकीय गन्तव्यका रूपमा सौराहालाई पहिचान गराउने कार्यक्रमको आयोजना हने छ ।  साथै ५ दिनसम्म चल्ने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकार तथा ब्याण्डको साङ्गीतिक प्रस्तुति, बहुजातजातिहरूको झाँकी प्रदर्शनी, स्थानीय जनजातिका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर तथा वेटरेसबीच प्रतियोगिता हुने भएको छ । यसका साथै प्रणय दिवस विशेष कार्यक्रममा रेवान कप पालिकास्तरीय भलिबल प्रतियोगिता, डोरी तान्ने प्रतियोगिता, सिन्धुलीको लोभलाग्दो कर्ने मगर बाजाको प्रस्तुति र अन्तरविद्यालय नृत्य प्रतियोगिता रहने छ ।

  • न्युज बहार संवाददाता

थप