Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

काभ्रेपलाञ्चोकमा पर्यटन प्रवर्द्धनका लागी सांस्कृतिक शान्ति पदयात्रा सम्पन्न

  •   ३ वर्ष अघि | ७ असोज २०८०, आइतवार

असोज ७, काभ्रेपलाञ्चोक । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक र काभ्रे सेवा समाजको संयुक्त आयोजनामा पर्यटन प्रवर्द्धनका लागि टेवा पुर्याउने उद्देश्यले सांस्कृतिक शान्ति पदयात्रा सम्पन्न भएको छ ।

शान्ति दिवस तथा विश्व पर्यटन दिवसका अवसरमा  ‘काभ्रेको लागि केही गरौँ’ भन्ने नाराका साथ विश्व सांस्कृतिक सहर पनौतीको लायकु दरबार डबलीबाट सुन्थान–शखु हुँदै नमोबुद्ध गुम्बासम्म पदयात्रा सम्पन्न भएको हो ।

पनौती र नमोबुद्धको महत्व धेरै रहेका कारण यहाँको पर्यटन प्रवर्द्धनका लागि सांस्कृतिक शान्ति पदयात्रा स्वागतयोग्य रहेको मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले बताउनुभयो ।

उनले शान्ति पयदात्राको नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रियस्तरमा नै ठूलो महत्व रहने उल्लेख गर्दै पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन ।

पर्यटन प्रवर्द्धनका लागि पदयात्रासँगै साइकलयात्रामार्फत पनि सहभागिता जनाइएको थियो । काभ्रेपलाञ्चोकलगायत विभिन्न जिल्लाका नागरिकको यस विश्व सांस्कृतिक शान्ति पदयात्रामा सहभागिता रहेको थियो ।  

थप