Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

श्री स्वस्थानी व्रत कथा र सांखु शालिनदी ।

श्री स्वस्थानी व्रत कथा र सांखु शालिनदी ।

  •   ४ वर्ष अघि | ८ माघ २०७९, आइतवार

माघ ८, काठमाडौँ । पुस र माघ भन्ने बितिकै हामी धेरैलाई श्री स्वस्थानी कथा भनेको सुनेको याद आँउछ । सानो बेला देखि घरमा श्री स्वस्थानी कथा सुन्दै र भन्दै गरेको शिलसीला आज सम्म पनि चलिरहेकै छ । यो साल अहिले पनि यस्तै श्री स्वस्थानी व्रत कथाको समय चलिरहेको छ  । पुसको २२ गते पुर्णीमाको दिनबाट सुरु भएको श्री स्वस्थानी व्रत कथा एक महिना अर्थात माघको २२ गते समाप्त हुन्छ । यो एक महिना भरी काठमाडौँ उपत्यकाको शंखरापुर नगरपालिकाको सांखुमा रहेको श्री स्वस्थानी माता को मन्दिर परिसरमा भव्य मेला लाग्ने गर्दछ । यस ठाउँमा बर्षेनी श्री स्वस्थानी व्रत प्ररम्भ भए देखी अन्तिम दीन सम्म भव्य रुपमा मेलाको आयोजना गरिन्छ । यस मन्दिर परिसरमा शालीनदी, माधव नारायण मन्दिर, चौषठ्ठी शिव लिङ्ग, नवराज राजाको बसेको स्थान, गोमाको कुटी, चन्द्रावती रानी जस्ता श्री स्वस्थानी व्रत कथामा उल्लेख गरिएका धार्मीक स्थानहरु छन । महिना दीन सम्म याहाँ रहेको शालिनदीमा नुहाएर श्री स्वस्थानी माताको व्रत बसी पुजा आराधना गरेमा मनले मागेको सबै पुरा हुने बिश्वास भक्तजनहरुमा रहेको पाईन्छ ।

 बर्षेनी लाग्ने यो मेलामा काठमाडौं ललितपुर, भक्तपुर, नुवाकोट, धादीङ र देशका अन्य सबै जिल्लाहरु वाट शालिनदीमा नुहाउन र श्री स्वस्थानी माताको पुजा आराधना गर्ने लाखौ भक्तजनहरुको घुईचो लाग्ने गर्दछ । यस क्षेत्रमा मेला भर्न र मन्दिर दर्शन गर्न आउने भक्तजनको भिडले गर्दा मेला आयोजक र नगरपालिकालाई सवारी साधन व्यवस्थित गर्न हम्मे हम्मे पर्ने गर्दछ । मान्छेको सँगै सवारीको चाप बढ्दै गएपछी ट्राफिक पुलिस, स्थानिय स्वयम सेवक र स्काउटका विध्यार्थीहरुले भिड व्यवस्थापनमा सहयोग गर्ने गरेका छन । शालिनदी मेलामा राखिएका स्टल र साना घुम्ती पसलहरुमा दैनिक उपभोगका सामानहरु सुपथ मुल्यमा पाइन्छ भने त्याहाँ राखिएको खाजा र खाना का भेराइटी भने महङ्गो भएको भक्तजनको गुनासो रहेको छ । सामान्य खाजा र खानाको पनि स्टल धनिले चर्को रकम लिने गरेको धेरै भक्तजनको र मेला भर्न जाने मानिसहरुले गुनासो गरेका छन । यो विषयमा सम्बन्धीत निकाय र सरोकारवालाहरुको ध्यान गए उक्त मेलामा भक्तजनहरुको संख्या अझ बृद्‍धि हुने देखिन्छ ।

सांखु शालिनदी जानको लागी काठमाडौँको सुन्धारा, नया बसपार्क र अन्य स्थान बाट सजिलै बस तथा माईक्रोबस पाउन सकिन्छ । जाने हैन त शालिनदी ?

थप